भेरी अस्पतालमा ७५ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भेरी अस्पतालमा ७५ जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

१ बैशाख २०७८, बुधबार


काठमाडौँ । बाँकेमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालमा १२३ जनाको पीसीआर परीक्षण गर्दा आज ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखा परेपछि भेरी अस्पतालमा १२३ जनाको मंगलबार स्वाब संकलन गरिएको थियो । जसमध्ये आज ७५ जनामा संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । संक्रमण पुष्टि हुनेमा सबै उमेर समूहका रहेका छन् ।

कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज र बागेश्वरी डाइग्नोस्टिक ल्याबमा गरिएको परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस