२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेलिकमले ल्यायो नयाँ वर्षको ‘स्प्रिङ अफर’

अ+ अ-

काठमाडौँ। नेपाल टेलिकमले नयाँ वर्ष २०७८ का अवसरमा विभिन्न प्याकेजसहित ‘स्प्रिङ अफर’ ल्याएको छ। यसअघि उपलब्ध ‘विन्टर अफर’ अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराइएको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

उपभोक्ताले यो सेवा चैत ३१ बाट ९० दिनसम्म उपयोग गर्न सकिनेछन्।’ जोशीले भने,‘स्प्रिङ अफरअन्तर्गत मोबाइल ग्राहकका लागि प्रतिदिन ५ सय एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको अफर २ सय ९९ रुपैयाँमा उपलब्ध गराएका छौँ।’

त्यस्तै १ सय २५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी ४ जिबी डाटा अफर ल्याइएको जोशीले आर्थिकन्युजलाई बताए।

‘पाँच दिन प्रयोग गर्न सकिने यस अफरमा १ सय मिनेट कुराकानीसमेत गर्न सकिन्छ।’उनले भने, ‘यो अफर पनि चौबिसै घन्टा प्रयोग गर्न सकिन्छ।’ साथै, दुई घन्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको र यो अफर पनि चौबिसै घन्टा उपयोग गर्न सकिने उनले बताए ।

त्यसैगरी जिएसएम मोबाइल ग्राहकका लागि २ सय ८० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा प्याक अफरअन्तर्गत लिइएको ३ जिबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिने प्रवक्ता जोशीले बताए। यसैगरी डाटा प्याकअन्तर्गत नै ९५ रुपैयाँमा डेढ जिबी डाटा प्रयोग गर्न सकिने अफर सात दिनसम्म चौबिसै घन्टा प्रयोग गर्न सकिने अफर ल्याएको जोशीले बताए।

सिडिएमए मोबाइल र वाइम्याक्स सेवाका ग्राहक कम्पनीकै अन्य सेवामा रूपान्तरण हुने क्रम जारी रहेकाले विन्टर अफरका सुविधामध्ये सीमित अफरलाई मात्र निरन्तरता दिइएको जोशीले बताए।

प्रतिक्रिया दिनुहोस