जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध


प्रशासन संवाददाता

३० चैत्र २०७७, सोमबार


काठमाडौँ । सिके राउत जनमत पार्टीको अध्यक्षमा निर्विरोध चयन भएका छन् । शनिवार भएको अधिवेशनबाट उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन्।

पहिलो पटक भएको महाधिवेशनमा अध्यक्ष र महासचिव निर्विरोध निर्वाचित भएका थिए भने अन्य पदहरूका लागि निर्वाचन गरिएको थियो । महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका हुन् । निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको हो।

पहिलो पटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र वसन्त कुसहवा विजयी भएका छन्।

महासचिव सिंहका अनुसार केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय हो। २३ सदस्यका लागि भएको निर्वाचनमा ८ जना महिला सदस्य छन्।

केन्द्रीय कार्यकारिणी समितिका लागि चार हजार पाँच सय प्रतिनिधिले मतदान गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस