प्रदेश १ लोक सेवा : ८१ जना प्राविधिक कर्मचारीको दरखास्त आह्वान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रदेश १ लोक सेवा : ८१ जना प्राविधिक कर्मचारीको दरखास्त आह्वान


३० चैत्र २०७७, सोमबार


काठमाडौँ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै ८१ जना प्राविधिक कर्मचारीको दरखास्त आह्वान गरेको हो ।

प्रदेश १ अन्तर्गतका विभिन्न गाउँपालिकाका लागि कर्मचारी माग गरिएको आयोगले जनाएको छ । स्थानीय सेवाका लागि विभिन्न प्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गर्ने गरी विज्ञापन आह्वान गरिएको हो ।

असिस्टेन्ट तथा सब–इन्जिनियर गरी कूल ८१ जनाको माग भएको छ । परीक्षा केन्द्र भने विराटनगर तोकिएको छ ।

दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने छ । दरखास्त दिनको लागि उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस