सानेपामा काँग्रेस पदाधिकारी बैठक जारी « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सानेपामा काँग्रेस पदाधिकारी बैठक जारी


२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ। आज अपरान्ह ३ बजेदेखि बैठक जारी छ।

बैठकमा कार्यव्यस्ता देखाउँदै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल उपस्थित भएका छैनन्। नेता पौडेल भने, तनहुँमा छन्। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार १४ औं महाधिवेशनलगायत पार्टीका आन्तरिक विषयबारे बैठकमा छलफल हुँदैछ।

काँग्रेसले सोमबार केन्द्रीय समिति बैठक पनि बोलाएको छ। क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम कार्यतालिकाअनुसार चलेको छैन। सिन्धुपाल्चोक जिल्लामा अझै समायोजनका काम सकिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस