तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तोकिएको समयमै महाधिवेशन गर्न सबै लाग्नुपर्छ : नेता सिंह


२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् ।

नेपाल दलित सङ्घ काठमाडौँ जिल्लाले आज यहाँ आयोजना गरेको ‘भेला तथा प्रशिक्षण’ कार्यक्रममा उनले महाधिवेशनलाई प्रभावित पार्ने शक्तिका विरुद्ध सबै नेता कार्यकर्ता उभिनुपर्ने बताए।

महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना भइरहेकाले आम नेता तथा कार्यकर्ता चनाखो हुनुपर्ने बेला आएको उनको भनाइ छ । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले जनताको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोपसमेत लगाए ।

नेता सिंहले देशलाई सङ्कट पर्दा कांग्रेसले सधैँ देश र जनताको हितमा काम गरेको स्मरणसमेत गरे । अहिलेको अवस्थाबाट मुलुकलाई निकास दिन काँग्रेस नेतृत्वमा सरकार निर्माण हुनुपर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले पार्टीलाई बलियो बनाएर अगाडि लैजानका लागि पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य हुनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस