प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ: नेता रावल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ: नेता रावल


प्रशासन संवाददाता

२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउन थालेको बताएका छन्। आफ्नो गुटमा नआए पद खोस्ने भन्दै ओलीले धम्की दिन थालेको नेता रावलको आरोप छ ।

आज दिउँसो सुदुरपश्चिम प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै नेता रावलले जनप्रतिनिधिलाई ओलीले गुटमा तान्न धम्क्याउने गरेको आरोप लगाएका हुन्। रावलले भने,–‘प्रधानमन्त्रीले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई गुटमा तान्ने प्रयास गर्दैछन्। प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ ।’

प्रधानमन्त्री ओलीले को जनप्रतिनिधिलाई धम्क्याएको वा तर्साएको भन्नेबारे उनले नाम खुलाएनन्। निर्वाचित प्रतिनिधिको पद प्रधानमन्त्रीले धम्क्याउँदैमा नजाने उनको भनाइ रहेको थियो। उनले भने,–‘पद जाने अवस्था भनेको या त पार्टी छोडेको हुनुपर्यो या त देशको हितविपरीत कार्य गरेको ठहर हुनुपर्यो । तपाईंहरू नेकपा एमालैमा हुनुहुन्छ र कानुनबमोजिम काम गरिरहनुभएकै छ भने कसरी पद जान्छ ?’

आफूमाथि ओलीले गरेको कारवाही विधानअनुसार नभएकोसमेत उनले बताएका छन् । ओलीले रावललाई छ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्। नेता रावलले भने,–‘नवौं महाधिवेशनको निर्देशन विपरीत, विधानविपरीत काम गर्ने ओली आफैँ अवैध हुन्, अवैध मान्छेले गरेको कारवाही वैध हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस