‘सारथि’ संयुक्त गजल सङ्ग्रह विमोचन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘सारथि’ संयुक्त गजल सङ्ग्रह विमोचन


२९ चैत्र २०७७, आइतबार


काठमाडौँ । नेपाली साहित्यको गजल विधा ‘सारथि’ संयुक्त गजल सङ्ग्रह विमोचन गरिएको छ ।

सारथि साहित्य परिवारद्वारा शनिवार आयोजित स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा प्रमुख अतिथि डा. दामोदर पुडासैनी, विशेष अतिथि डा. घनश्याम परिश्रमी, गार्गी शर्मा, प्रदिप रोदन, रूपक वनवासीलगायतले संयुक्त रूपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले गजल साहित्यको एक सम्मानित विधा भएको बताउँदै साहित्यले समाज परिवर्तनमा पनि टेवा पुर्‍याउने धारणा राखे ।

सारथि साहित्य परिवारद्वारा प्रकाशित सङ्ग्रहमा पच्चिस स्रष्टाका सात–सात वटा, तीस जना स्रष्टाका एक–एक वटा तथा केही अतिथि गजलकारहरुकासमेत गरी दुई सय दुई गजल शैलीका रचनाहरू समावेश गरिएका छन् । गजल १४० पृष्ठको रहेको छ ।

कार्यक्रममा डा. घनश्याम परिश्रमी, प्रदीप रोदन, रूपक वनवासी, रूपक अलङ्कारलाई नगद पाँच हजार पाँच सय पचपन्न सहित दोसल्ला र कदर पत्रले सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस