२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमा

अ+ अ-

खलङ्गा । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ ।

कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक तयारीबारे अनुगमन गर्न डा सतीशकुमार देव नेतृत्वको टोली कर्णालीमा पुगेको हो ।

डा कालुसिंह खत्री, डा पवन हमाल, डा प्रकाश थापा, डा प्रतीक ज्ञवाली र नेपालगञ्ज नर्सिङ क्याम्पसका एक प्रतिनिधिसहितको टोली जुम्ला पुगेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।

टोलीले जुम्लामा एमबिबीएस पठनपाठनका लागि चाहिने बिरामी सङ्ख्या, अस्पतालको अवस्था, अस्पतालले गर्ने सेवाप्रवाहको अवस्था, शिक्षक, कक्षाकोठा, आधारभूत विज्ञानका लागि आवश्यक भौतिक संरचना र ल्याब तथा उपकरणको अनुगमन गर्नेछ ।

प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले भने, ‘एमबिबीएस पठनपाठनका लागि आवश्यक तयारी पूरा भइसकेको छ । पाँच महिनादेखि चिकित्सा शिक्षा आयोग टोलीको प्रतीक्षामा थियौँ । कोरोनाका कारण ढिलो भयो ।’ टोलीले कर्णाली प्रतिष्ठानको स्थलगत अनुगमनपछि प्रतिवेदन तयार पारेर आयोगमा पेश गरेपछि सिट निर्धारण गर्नेछ । यही शैक्षिक सत्रबाट पठनपाठन शुरु हुने तयारीका साथ काम भएको प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले बताए ।

एमबिबीएस पढाइ शुरु गर्नका लागि आवश्यक तयारी भइरहेको प्रतिष्ठानका रेक्टर डा निरेश थापाले बताए । उनले भने, ‘सकेजतिको सबै तयारी भइरहेको छ, आशा छ यही शैक्षिक सत्रदेखि एमबिबीएस पढाउनका लागि आयोगले अनुमति दिनेछ ।’

एमबिबीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगेपछि कर्णालीवासी उत्साहित छन् । यहाँ अध्ययन गरेका चिकित्सकले स्वास्थ्य शिक्षा लिएर स्वास्थ्य सेवा दिन पाउने भएकामा कर्णालीवासी खुशी भएको प्रतिष्ठानका रेक्टर डा थापाले बताए ।

कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुनु निकै खुशीको विषय भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत बताउँछन् । उनले भने, ‘एक त कर्णालीमा चिकित्सक पढ्न सुगमका विद्यार्थी आउने भए । कर्णालीका युवाले चिकित्सक पढ्न जिल्लाबाहिर महङ्गो खर्चेर जानुपरेन । कर्णालीबाट स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा फैलाउने कार्य हुनुले दुर्गमताको पहिचान हटाएर सुगमतातिर फर्किएको आभाष दिलाएको छ ।’

चिकित्सा शिक्षा ऐनअनुसार यहाँ पढ्ने विद्यार्थीले अनिवार्य दुई वर्ष प्रतिष्ठानले खटाएको क्षेत्रमा सेवा गर्नु पर्नेछ । स्वास्थ्य सेवा, जनशक्ति र समग्र विकासका लागि फाइदाजनक नै हुनेछ । यस क्षेत्र स्वास्थ्य पर्यटनको ‘हब’ बन्न सक्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगको टोली जुम्ला पुगिसकेकाले कर्णालीमा एमबिबीएस अध्ययनका लागि आशा जागेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा मङ्गल रावल बताए । उनले भने, ‘टोली जुम्ला पुगेको छ, हामीले जति सकेका छौँ, कुनै कसुर बाँकी नराखेर काम गरेका छौँ । आइतबारदेखि अनुगमन हुनेछ । यो कर्णालीका लागि शुभसङ्केत हो ।’

स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई टेवा पुर्याउनका लागि एमबिबीएस पठनपाठनले निकै मद्दत पुग्नेछ । ‘एमबिबीएस मेडिकल कलेजको आधार हो । एमबिबीएस पठनपाठनले मेडिकल कलेज भएको प्रमाणित गर्छ । अब निकट भविष्यमै कर्णालीमा एमबिबीएस पठनपाठन शुरु हुने अपेक्षा गरिएको छ’, उपकुलपति रावलले भने ।

प्रतिक्रिया दिनुहोस