२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरी भाषामा ‘सिम्रौनगढको इतिहास’

अ+ अ-

कलैया । प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले भोजपुरी भाषाको संरक्षण एवं संवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । जिल्लाको फेटा गाउँपालिकाको कार्यालयमा शनिवार भोजपुरी भाषामा प्रकाशित ‘सिम्रौनगढको इतिहास’ पुस्तकको विमोचन कार्यक्रममा उनले सिम्रौनगढको इतिहास भोजपुरी भाषामा लेखी भोजपुरी कला, संस्कृतिको जर्गेना गर्नमा ठूलो सहयोग पुर्याएकोमा पुस्तक लेखक विजयकिशोर पाण्डेयलाई धन्यवाद व्यक्त गरे ।

सिम्रौनगढलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि प्रदेश सरकार लागिपरेको बताउँदै उनले इसरा पोखरीको सौन्र्दय अभिवृद्धिका लागि बजेटसमेत छुट्याइएको जानकारी दिए । सिम्रौनगढको इतिहास विश्वमा प्रष्टरूपले जान्न सकियोस् भन्ने हिसाबले प्रदेश सरकारले अगाडि बढाउने प्रयास गरे पनि सङ्घीय सरकारले सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा राखी चिनाउने काम नगरेकामा उनले रोष प्रकट गरे ।

फरक प्रसङ्गमा मन्त्री सोनलले सङ्घीयता कार्यान्वयन नभएसम्म कला, साहित्य क्षेत्र पनि नफस्टाउने चर्चा गर्दै सङ्घीय सरकारले नै सङ्घीयतालाई धराप पार्ने खेलमा लागेको बताए ।

फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भोजपुरी प्रतिष्ठानका पर्सा अध्यक्ष उमाशङ्कर द्विवेदी, बारा अध्यक्ष रामप्रसाद साह, साहित्यकार श्रीमन नारायण, नेकपाका नेता अध्यानन्द पाण्डेय, जसपाका नेता सञ्जय पाण्डेय, जिल्ला समन्वय समितिका उपाध्यक्ष पवनकुमार ब्याहुतलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।