भोजपुरी भाषामा ‘सिम्रौनगढको इतिहास’ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भोजपुरी भाषामा ‘सिम्रौनगढको इतिहास’


२९ चैत्र २०७७, आइतबार


कलैया । प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले भोजपुरी भाषाको संरक्षण एवं संवर्द्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । जिल्लाको फेटा गाउँपालिकाको कार्यालयमा शनिवार भोजपुरी भाषामा प्रकाशित ‘सिम्रौनगढको इतिहास’ पुस्तकको विमोचन कार्यक्रममा उनले सिम्रौनगढको इतिहास भोजपुरी भाषामा लेखी भोजपुरी कला, संस्कृतिको जर्गेना गर्नमा ठूलो सहयोग पुर्याएकोमा पुस्तक लेखक विजयकिशोर पाण्डेयलाई धन्यवाद व्यक्त गरे ।

सिम्रौनगढलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि प्रदेश सरकार लागिपरेको बताउँदै उनले इसरा पोखरीको सौन्र्दय अभिवृद्धिका लागि बजेटसमेत छुट्याइएको जानकारी दिए । सिम्रौनगढको इतिहास विश्वमा प्रष्टरूपले जान्न सकियोस् भन्ने हिसाबले प्रदेश सरकारले अगाडि बढाउने प्रयास गरे पनि सङ्घीय सरकारले सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा राखी चिनाउने काम नगरेकामा उनले रोष प्रकट गरे ।

फरक प्रसङ्गमा मन्त्री सोनलले सङ्घीयता कार्यान्वयन नभएसम्म कला, साहित्य क्षेत्र पनि नफस्टाउने चर्चा गर्दै सङ्घीय सरकारले नै सङ्घीयतालाई धराप पार्ने खेलमा लागेको बताए ।

फेटा गाउँपालिकाका अध्यक्ष अमिरीलाल प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भोजपुरी प्रतिष्ठानका पर्सा अध्यक्ष उमाशङ्कर द्विवेदी, बारा अध्यक्ष रामप्रसाद साह, साहित्यकार श्रीमन नारायण, नेकपाका नेता अध्यानन्द पाण्डेय, जसपाका नेता सञ्जय पाण्डेय, जिल्ला समन्वय समितिका उपाध्यक्ष पवनकुमार ब्याहुतलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस