आहा-रारा गोल्डकपको उपाधि संकटा क्लबलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आहा-रारा गोल्डकपको उपाधि संकटा क्लबलाई


२८ चैत्र २०७७, शनिबार


पोखरा । आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ ।

शनिबार भएको फाइनलमा पेनाल्टीमा अफ्रिकन रुट्स एशोसिएसनलाई टाइब्रेकरमा ४–० गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो ।

पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे । संकटाले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । पोखरा रंगशालामा निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए ।

थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा गएको थियो ।

प्रतियोगिताको विजेता संकटाले १० लाख १ हजार रुपैँया पुरस्कार हात पारेको छ । उपविजेता बनेको अफ्रिकन रुट्सले ५ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस