माओवादी केन्द्र : प्रदेश २ को संसदीय दलको नेतामा भरत साह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्र : प्रदेश २ को संसदीय दलको नेतामा भरत साह


२८ चैत्र २०७७, शनिबार


जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलको नेतामा भरत साहलाई चयन गरेको छ । यस अघि माओवादी दलको नेतामा रहेका रामचन्द्र मण्डल ओली समूहमा लागेपछि मण्डलको ठाउँमा साहलाई दलको नेता चयन गरिएको जनाइएको छ ।

यसैगरी दलको उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप शाह र  सेचेतकमा रुबी कर्ण चयन भएका छन् ।

नेकपाबाट माओवादी केन्द्र र एमाले विभाजित भएपछि ओली समूहमा लागेका मण्डलसहितका चार सांसदलाई माओवादी केन्द्रले स्पष्टीकरणसमेत सोध्ने तयारी गरेको एक नेताले जानकारी दिए ।

मण्डलसहित कुन्दन साह ज्वाला साह र समिर अन्सारी ओलीसमूहमा लागेका थिए । उनीहरूलाई स्पष्टीकरण साधिने र त्यसपछि प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी पार्टीले गरेको छ ।

प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् । प्रदेशको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिउँसो २ बजे बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस