ट्राफिक जरिवाना मोबाइलबाटै भुक्तानी गर्न सकिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ट्राफिक जरिवाना मोबाइलबाटै भुक्तानी गर्न सकिने


२७ चैत्र २०७७, शुक्रबार


काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनलाइनमार्फत ट्राफिक जरिवाना भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाले शुक्रबार फोन पे प्रालि र नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खातामार्फत सीधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो । यसअघि नै शुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुर्‍याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरुसँग सम्झौता गर्दै आएको छ ।

सम्झौता पत्रमा महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराई, फोन पेको तर्फबाट दिवसकुमार सापकोटा र नेपाल क्लियरिङ हाउस (कनेक्ट आईपीएस) को तर्फबाट मुन्नी राजभण्डारीले हस्ताक्षर गरे ।

अब सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र ७ वटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सीधै ट्राफिक जरिवाना भुक्तानी गर्न सक्ने एसएसपी भट्टराईले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस