२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रद्वारा आज पनि बागमती प्रदेशसभा बैठक अवरुद्ध

अ+ अ-

मकवानपुर । नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको प्रदेशसभा बैठक आज मंगलबार पनि अवरुद्ध गरेको छ । माओवादीकेन्द्रले हिजो मंगलबार पनि प्रदेशसभा बैठक अवरुद्ध बनाएको थियो ।

आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित भएनन् । यस्तै सो प्रस्तावको समर्थक समेतको सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेका थिए ।

तर, उक्त प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि बारम्बार माग गरे भने माओवादीले सोही क्रममा बैठक नै अवरुद्ध बनायो । माओवादीको अवरोधकै कारण आजको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उनका अनुसार, प्रदेशसभाको अर्को बैठक भोलि दिनको ११ बजेको लागि तय भएको छ ।

बैठकमा आर्थिक कार्यविधिको स्वीकृत नै नगरी मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी फाउण्डेसनलाई रु ५० लाख अनुदान दिएकोबारे जम्मकट्टेलले आपत्ति प्रकट गर्दै आर्थिक कार्यविधि तयार गरेर अन्य संघ–संस्थाहरुलाई पनि उचित सहयोग गराउन माग गरे ।

नेता जम्मकट्टेलले सरकारले एकपक्षीय ढंगबाट आर्थिक मापदण्ड र प्राविधिक सुझाव बिना नै विद्युतीय बस संचालन गर्न बोलपत्र आह्वान गरेकोप्रति पनि आपत्ति जनाएका थिए । प्राविधिकहरुको सुझावलाई मनन् गरेर मात्रै बस संचालन गर्ने रुट तयार गर्ने र निजी क्षेत्रका व्यवसायीहरुलाई पनि सहभागी गराउनुपर्नेमा उनले जोड दिए ।

बैठकमा मुख्यमन्त्री पौडेलले प्रतिपक्षले उठाएको प्रश्नको जवाफ दिँदै प्रतिपक्षहरूलाई कुनै दलगत स्वार्थ नराखि सरकारले स्वीकृत गरेको नीति कार्यक्रम अनुसार, क्रमशः बजेट, योजनालाई समानताका साथ वितरण गरिएको उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले आर्थिक मापदण्ड अनुसार, सरकारले अन्य संघसंस्थाहरूलाई जस्तै मदन भण्डारी फाउण्डेसनलाई पनि नियमानुसार रकम दिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस