२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुख झाद्वारा ३२ औँ पटक रक्तदान

अ+ अ-

काठमाडौँ । प्रदेश नं २ का प्रमुख राजेश झाले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालीमाटीमा पुगी रक्तदान गरेका छन् । सोमबार उनले ३२ औँ पटक रक्तदान गरेका हुन्।

‘रक्तदानमा युवा सहभागिता बढाउनुपर्नेछ । म नियमित रक्तदाता भएकामा गर्व गर्दछु’, उनले भने । उनले विशेष गरी प्रदेश २ मा रक्तसञ्चार सेवा वृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुका साथै समुदाय केन्द्रित चेतना कार्यक्रम बढाउन देशभरिका रक्तसञ्चार केन्द्रलाई सुझाव दिएका थिए ।

उक्त अवसरमा प्रदेश प्रमुख झालाई सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रक्तदातापिन लगाइदिँदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए । उनले भने, ‘रगतका अभाव हुन नदिन सोसाइटीले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।’

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवाको अवधारणा’ अनुसार रक्तसञ्चार गतिविधि अघि बढाइएको जानकारी दिए । उनले रक्तदान गरेकामा प्रदेश प्रमुख झालाई धन्यवाद पत्रसमेत प्रदान गरे । हालैमात्र उनले निर्देशक पदको जिम्मेवारी सम्हालेका थिए ।

सुलभ, गुणस्तरीय र मर्यादित रक्तसञ्चार सेवाका लागि प्रदेश नं २ र कर्णाली प्रदेशमा पनि प्रदेशस्तरीय रक्तसञ्चार केन्द्र बनाउने जानकारी उनले दिए । उनका अनुसार विगत चार महिनाका अबधिमा मात्र केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र कालीमाटीले दशहजार भन्दा वढी युनिट रगत सङ्कलन गर्न सफल भएको छ । सङ्कलित रगत विरामीको आवश्यकता अनुसार वितरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस