२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनोनयन पत्र च्यातिएपछि पत्रकार महासंघ बैतडीको निर्वाचन अवरुद्ध

अ+ अ-

बैतडी । बैतडीमा पत्रकार महासंघको निर्वाचन प्रक्रिया अवरुद्ध भएको छ।

यही चैत्र २५ गते हुने निर्वाचनको तयारीका क्रममा मनोनयन पत्र च्यातिएपछि निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो। सदस्यता वितरणका क्रममा गैर पत्रकारहरुलाई सदस्यता प्रदान गरिएको भन्दै अधिकांश पत्रकारहरु संघर्षमा उत्रिएपछि २२ गते आइतबारबाट हुने मनोनयन प्रक्रिया प्रभावित भएको थियो।

निर्वाचन समितिले सोमबार बिहान ११ बजेसम्म मनोनयनको म्याद थपेपनि समझदारी जुट्न नसक्दा २ बजेसम्मका लागि म्याद दिईएको थियो। दिउसो साढे एक बजे मनोनयन सुरु भएलगत्तै असन्तुष्ट समुहले मनोनयन पत्र च्यातेको हो।

निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन समितिको कार्यालयमा आइतवार देखि तालाबन्दी भएको छ । तालाबन्दी खुलाएर सहमती नगरि निर्वाचन प्रक्रिया अघि बढाएपछि बिवादले चर्को रुप लिएको हो।

जिल्लामा क्रियाशिल पत्रकारहरुले महांसघको सदस्यता नपाएको र गैर पत्रकारहरुलाई सदस्यता दिएको भन्दै बैतडीका अधिकांश पत्रकारहरु आन्दोलित भएका छन्।

बैतडीमा जन प्रतिनिधि, शिक्षक, कर्मचारी, निर्माण व्यबसायी, संघ संस्थामा आवद्ध व्यक्तिहरु र बिमा कम्पनीका एजेन्टहरुलाई सदस्यता दिएर सक्रिय संचारकर्मीहरुलाई सदस्यताबाट बञ्चित गरिएको असन्तुष्ट पक्षको भनाई छ।

प्रतिक्रिया दिनुहोस