संघीय निजामती सेवा विधेयक संसदमा पेस हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

संघीय निजामती सेवा विधेयक संसदमा पेस हुँदै


२३ चैत्र २०७७, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पेस हुने भएको छ । आज दिउँसो १ बजे बस्ने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पेस गर्न लागेकी हुन् ।

यो विधेयक नौ महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको थियो ।

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा समितिको प्रतिवेदन पेस हुने उल्लेख छ । यो कार्यसूची हेरफेर नहुने सभामुखको सचिलायले जनाएको छ ।

यसैगरी सोमबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस र सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्ने उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस