काठमाडौँ । काठमाडौँको बालाजुस्थित राजेश हार्डवेयरका शाखा प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिलमा उल्लेख गरिए भन्दा कम तौलको फलामजन्य सामाग्री बिक्री गरेको पाइएपछि शाखा प्रमुख कमल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल गुणस्तर तथा नापतौल विभागका बिलमा उल्लेख गरिएकोभन्दा कम तौलको सामान बेचेको पाइएको छ । बालाजुको हार्डवेयरमा शिलबन्दी गरी बिक्री वितरणमा पनि रोक्का गरेको छ।
गत शुक्रवार राजेश हार्डवेयरले ठगी गरेको भन्दै व्यवसायीहरूले महानगरीय प्रहरी वृत्त, बालाजु पुगेका थिए। ठगी गरेको पाएपछि बालाजु शाखाका प्रमुख कमल शर्मालाई प्रहरी नियन्त्रणमा राखिएको हो। यसबारे विभागले थप अनुसन्धान गरिरहेको छ।