२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खनाल-नेपाल समूहले शनिबार संगठन विस्तार अभियान घोषणा गर्ने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले भोली शनिबार संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषण गर्ने भएको छ ।

खनाल नेपाल समुहको आज बसेको स्थायी कमिटी बैठकले शनिबार संगठन विस्तार तथा सुदृढीकरण अभियान घोषणा गर्ने निर्णय गरेको हो।

शुक्रबारको छलफलमा प्रस्ताव भएको र शनिबार संगठन निर्माण र प्रशिक्षणको अभियान घोषणा हुने नेता योगेश भट्टराईले जानकारी दिए।

‘आजको छलफलमा केही कार्यक्रम प्रस्ताव भएको छ’, भट्टराईले भने, ‘भोलिको छलफलले राष्ट्रव्यापी संगठन निर्माण, प्रशिक्षण र अभियानको ढाँचालाई अन्तिम रुप दिन्छौं र पार्टीका तहमा वितरण गर्छौँ। ’

भट्टराईका अनुसार चैत ४ र ५ गते काठमाडौँमा भएको राष्ट्रिय भेलाबाट पारित भएको राजनीतिक प्रतिवेदनलाई कार्यकर्तामाझ लाने निर्णयसमेत स्थायी कमिटी सदस्यको छलफलले गरेको छ।

राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणामाथि विभिन्न १० टोलीबाट आएका सुझावलाई समेटेर तयार भएको प्रतिवेदनमाथिसमेत शुक्रबार छलफल भएको भट्टराईले बताए। शनिबार हुने छलफलपछि प्रतिवेदनलाई प्रकाशन गरेर वितरण गर्ने उनको भनाइ छ।

नेपाल समूहको छलफलले पार्टीका महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको कारबाही पूर्वाग्राही भएको निष्कर्ष निकालेको छ। बैठकले यसको चर्को विरोध गरेको छ।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाको कार्यान्वयन पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट नभएको भन्दै त्यसलाई कार्यान्वयन गर्दै पार्टी एकताको रक्षाका लागि आह्वान गर्ने निर्णय भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस