काठमाडौँ । सरकारले विज्ञापन प्राधिकरणको अध्यक्षमा लक्ष्मण हुमागाईँलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को शुक्रवार बसेको बैठकले हुमागाईँलाई चार वर्षका लागि विज्ञापन प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो ।
नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईँ खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्येबाट नियुक्त भएका हुन् । प्राधिकरणका सदस्यहरू यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् ।
अध्यक्षको नियुक्तिसँगै विज्ञापन बोर्डले अब पूर्णता पाएको छ ।