२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैङ्कले ल्यायो ‘ग्लोबल ईकम डलर कार्ड’

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैङ्कले ‘ग्लोबल ईकम डलर कार्ड’ सञ्चालनमा ल्याएको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैङ्कले ल्याएको परिपत्र अनुसार ग्लोबलले सो कार्ड सञ्चालनमा ल्याएको हो ।

राष्ट्र बैङ्कले ल्याएको विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्ने प्रावधान अनुरूप बैङ्कले डलर कार्ड जारी गरेको बैङ्कले जानकारी दिएको छ ।

बैङ्कले जारी गरेको डलर कार्डबाट भारत बाहेक अनलाइनमार्फत सामान खरिद तथा अनलाइनबाट प्रवाह हुने सेवाहरू नेटफ्लिक्स रिचार्ज, शैक्षिक शुल्क भुक्तानी ,युट्युब, फेसबुक, ट्वीटर, वाट्सअप लगायत सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसाय प्रवर्द्धन गर्न सकिने बैकले जनाएको छ ।

यो सुचारु गर्नका लागि बैङ्कका ग्राहकले नागरिकता र प्यान कार्ड पेस सहित ५०० रुपैयाँ सेवा शुल्क बुझाउनुपर्ने बैङ्कले जनाएको छ ।

यस कार्डमार्फत कुनै पनि बैङ्कमा नगई घर तथा कार्यालयबाटै आफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरू लिन सकिनेछ ।

ग्राहकवर्गले आफ्नो नागरिकता र प्यान कार्ड पेश गरेर बैंकमा खाताखोली ५०० रुपैयाँ सेवा शुल्क तिरेर यो सुविधा लिन सक्नेछन् । साथै कार्डमार्फत कुनै पनि बैंकमा नगई घर तथा कार्यालयबाटै आफैले सामानको भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने अन्य सेवा–सुविधाहरु लिन सकिनेछ ।

आफ्नाग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५६ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सनतथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस