२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामग्रामका शहरी पूर्वाधार निर्माणमा विश्व बैंकको सहयोग

अ+ अ-

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकामा शहरी पूर्वाधार निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ । यसका लागि विश्व बैंकको सहयोगमा सञ्चालनमा आएको नेपाल शहरी शाहकीय र पूर्वाधार आयोजना र नगरपालिकाबीच सम्झौता भएको छ ।

उक्त आयोजनामार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुनेछ । नयाँ बन्ने शहरलाई व्यवस्थित गर्न र दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले सो बैंकमार्फत रामग्रामलाई रु ६२ करोड २२ लाख अनुदान सहयोग प्राप्त हुन लागेको नगर प्रमुख नरेन्द्र गु्प्ताले जानकारी दिए ।

विश्व बैंकले सरकारलाई दिने सहुलियत ऋण शहरी विकास मन्त्रालयमार्फत उपलब्ध हुन लागेको हो । उक्त सहयोग नगरपालिकाको विशेष महत्व राख्ने सडक र फोहर व्यवस्थापनको क्षेत्रमा लगानी गरिने उनले बताए ।

यस परियोजना अन्तर्गत परासीदेखि पाल्ही क्याम्पस हुँदै भारतीय सीमा जोड्ने र औँचावलदेखि भुसुनापुर जोड्ने सडकको स्तरोन्नति प्राथमिकतामा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले परिपथ निर्माणको तयारी पनि गरिरहेको जनाएको छ ।

‘नयाँ बन्ने शहर व्यवस्थित होस् र नगरपालिकको आन्तरिक क्षमताको पनि विकास होस् भन्ने उद्देश्यले अनुदान सहयोग प्राप्त हुन लागेको हो, यो सहयोगले नगरको मुहार परिवर्तन गर्छ भन्ने हामीले विश्वास लिएका छौँ’, उनले भने ।

सो परियोजनामार्फत कार्यान्वयन गरिने योजनाको छनोट, कार्यान्वयन, अनुगमन र नियमन नगरपालिकाले नै गर्नेछ । चालू आवमा योजना छनोट गरी प्राविधिक काम सक्ने र आगामी आवदेखि योजना कार्यान्वयनमा लैजाने गरी तयारी शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नै सञ्चालन गर्न लागेको यो सबैभन्दा ठूलो परियोजना हो । परियोजना अन्तर्गत कार्यान्वयन गरिनेप्रति आयोजनाको लागत कम्तीमा रु २० करोड भन्दा माथिको हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए। यो परियोजना अन्तर्गत सञ्चालन हुने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

रामग्राम जिल्लाको सबैभन्दा पुरानो नगरपालिका हो । भगवान् गौतमबुद्धको अस्तुधातु रहेकोस्थल रामग्राममा नै रहेको छ । नगरपालिकालाई लुम्बिनीसँग जोडेर सफा, सुन्दर र हराभरा बनाउने अभियानलाई समेत परियोजनाले टेवा पु¥याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस