२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग

अ+ अ-

काठमाडौँ । पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसमक्ष ज्ञापन बुझाएका छन् ।

पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्र नेपाल ट्रेकिङ, ट्राभल्स, जलयात्रा, वायुसेवा, संस्कृति, पुरातत्व, कार्गो, कुरियर श्रमिक युनियन (यूनिट्राभ) का श्रमिकहरुको एक प्रतिनिधिमण्डलले संस्कृतिमन्त्री ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

कोरोना महामारीपछि अस्तव्यस्त पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिँंदै आज पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए । सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटक आफूखुशी पदमार्गमा जाने ‘एफआइटी टिम्स’ बन्द गर्नुपर्नेलगायत माग श्रमिकको छ ।

यूनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी –विदेशी गाइडबीचको विभेद, हेलिकप्टर उद्धारमा हुने विभेद र विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।

यूनिट्राभले पर्यटक कुन देशको हो र बीमा रकम कति छ भन्ने आधारमा नभई समय, अवस्था र स्थानलाई ध्यानमा राखी आपत्कालीनावस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

नेचर गाइड र सफारी श्रमिकका कार्य व्यवस्थित गर्नुपर्ने, कोभिडबाट प्रभावित श्रमिकको जीवन रक्षाका लागि राहत र विनाधितो सहुलियपूर्ण ऋण दिनुपर्ने, महिला पथप्रदर्शकमाथि हुने विभेद अन्त्य गर्नुपर्ने, पदमार्ग क्षेत्रमा रहेको एकाधिकार अन्त्यलगायत विषय पनि उठाइएको छ ।

पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विकासका माग अध्ययन गरी कार्यान्वयन गर्न प्रयास गरिने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस