२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटकको सुरक्षामा प्रहरीको ध्यान

अ+ अ-

रसुवा । हिमाली क्षेत्रमा यात्रा गर्ने पदयात्रुको सुरक्षा मजबुत पार्न नेपाल प्रहरीले सुरक्षा गस्तीलाई थप तीव्रता दिएको छ । गोसाइँकुण्ड, लाङ्टाङ, तामाङ सम्पदा मार्ग र हिमाली प्राकृतिक छटाको अवलोकन गर्ने पदयात्रीको सुरक्षा व्यवस्था मजबुत पार्न सम्भावित स्थानमा प्रहरीको बाक्लो उपस्थिति गराइएको छ ।

हिमाली पदयात्राका लागि दिनहुँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेकाले सुरक्षाको प्रत्यभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनोस् भन्ने उद्देश्यका साथ पैदल मार्गका सम्भावित स्थानमा सुरक्षा ग्रस्ती परिचालन गरिएको हो । जिल्लाको भ्रमणमा आउने पर्यटकलाई सुरक्षा दिन नेपाल प्रहरीका साथै पर्यटन प्रहरीसमेत परिचालन भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले जानकारी दिए । यात्राका क्रममा कुनै असहज स्थानमा नजान र सुरक्षा आवश्यक पर्नासाथ नजीकको प्रहरीचौकी वा जिल्ला प्रहरी कार्यालय रसुवामा खबर गर्न पर्यटकलाई आग्रह गरिएको छ ।

३९ अपराध मुद्दा

यसैबीच चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म जिल्लाभित्र भएका अपराधलगायत घटनाको विवरण सार्वजनिक भएको छ । जिल्लामा ३९ घटना भएको र ती सबैको मुद्दा कानूनी दायरामा पु¥याउन नेपाल प्रहरी सफल भएको छ ।

कानूनी दायरामा लगिएका मुद्दामा भवितव्य ज्यान दश, आत्महत्या पाँच, बहुविवाह र सवारी ज्यान तीनतीन, फुटकर ज्यान दुई, जबर्जस्ती करणी, करणी उद्योग र शरीर बन्धक कर्तव्य ज्यान एकएक तथा अन्य सार्वजनिक अपराध १२ छन् । करीब ४३ हजार जनसङ्ख्या रहेको जिल्लामा सुरक्षा व्यवस्था मजबुत पार्न मातहतको चौकीलाई थप सजग गराउनाका साथै अलावा विशेष गस्तीसमेत अगाडि बढाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

यस्तै कोभिड– १९ को प्रभाव शून्यमा झरेसँंगै पासाङ्ल्हामु राजमार्गमा बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक व्यवस्थापन मजबुत पारिएको र नक्कली इजाजतपत्र बनाई सवारी चलाउनेमाथि निगरानी बढाइएको ट्राफिक प्रहरी इञ्चार्ज इन्द्रबहादुर घिसिङले बताए ।

हल्का सवारी साधन चलाउन इजाजत पाएका सवारी चालकले ठूलो सवारी साधन गुडाएको पाइएकाले त्यस्तामाथि समेत ट्राफिक प्रहरीले निगरानी बढाएको छ । पासाङल्हामु राजमार्गमा एसी तथा डिलक्स बस यातायात कार्यालयको दर्ताविना सञ्चालन गरेको पाइएकाले नियमानुसार प्रक्रिया पूरा गराउन एक महिनाको समयावधि प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस