२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारी र नेपाल प्रहरीको सुविधामा असमानता किन ?

अ+ अ-

काठमाडौँ । निजामती सेवा र प्रहरीको सेवा प्रवेश र सुविधामा असमानता रहेको भन्दै सर्वोच्चमा रिट परेको छ । तर यो विषय हाल चर्चामा छैन । सर्वोच्च अदालतले यो मुद्दालाई अग्राधिकार दिएर सुनुवाइ गरिरहेको छ ।

यो मुद्दालाई पूर्वएसएसपी गणेश रेग्मीले अदालत पुर्‍याएका हुन् ।

कानुन अनुसार निजामतीतर्फ नायब सुब्बा र प्रहरी तर्फको असइको लागि शैक्षिक योग्यता कक्षा १२ वा प्रमाण पत्र तह तोकिएको छ । तर मर्यादाक्रममा असइलाई एसइइको योग्यता तोकिएको खरिदार भन्दा पनि तल राखिएको छ । जस अनुसार सुविधामा पनि समानता हुने त परको कुरा हो ।

नायब सुब्बाको तलब अहिले ३० हजार छ भने, त्यहीँ शैक्षिक योग्यता पेश गरी लोक सेवा परीक्षा पास गरी १८ महिने शारीरिक अभ्याससमेत पास गरेका असइको तलब सुविधा भने जम्मा २६ हजार रहेको छ । अब कसरी समानता भन्न मिल्ला र ?

प्रहरीतर्फ सेवा प्रवेशका लागि अहिले लोक सेवा परीक्षा मात्रै पास गरेर पुग्दैन । प्रहरी निरीक्षक हुनको लागि लोक सेवाको लिखित परीक्षासँगै कठिन शारीरिक तालिम पनि पुरा गर्नुपर्ने हुन्छ ।

एकातिर समान शैक्षिक योग्यता भएका निजामती कर्मचारीको भन्दा न्यून सुविधामा काम गर्नु पर्ने, अर्कोतर्फ काम गर्दाको पीडा त छँदै छ । न्यून तलब सरुवा बढुवा लगायतका सुविधा पाउन त झन् कहाँ त्यति सजिलो छ ?

राष्ट्रकै सेवक भएर पनि प्रहरी तर्फ यस किसिमको विभेद किन भइरहेको छ ? हाल सर्वोच्चमा सुनुवाइको क्रममा रहेको असईमाथिको विभेदको यो मुद्दामाथि सर्वोच्चले कस्तो फैसला गर्ला आम चासोको विषय बनेको छ ।

नेपाल प्रहरीमा हाल पाँच हजार भन्दा बढी असई कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस