२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० हजार नयाँ रोजगारी सिर्जना गर्दै गुगल

अ+ अ-

काठमाडौँ । गुगुलले आफ्नो कार्यालयको क्षेत्रफल बढाएर १० हजार रोजगारी सिर्जना गर्ने भएको छ । बिहीबार नयाँ योजना सार्वजनिक गर्दै कम्तिमा १० हजार नयाँ रोजगारी सिर्जनाका लागि ७ अर्ब डलर भन्दा धेरै लगानी गर्ने जनाएको छ ।

विश्वव्यापी महामारीका कारण अधिकांश कर्मचारीहरुले घरबाटै काम गरिरहेका छन् । यस्तो अवस्थामा पनि गुगलले आफ्नो कार्यालयको क्षेत्रफल बढाउने निर्णय गरेको हो ।

एक ब्लग पोष्टमा गुगलका सीईओ सुन्दर पिचाइले भनेका छन्, ‘सहकार्यका लागि प्रत्यक्ष रुपमै सँगै हुनु र सामूहिकता निर्माण गर्नु गुगलको मूल संस्कृति हो । यो हाम्रो भविष्यको लागि समेत निकै महत्वपूर्ण हुनेछ । त्यसैले हामीले मुलुकभर आफ्ना कार्यालयहरुमा उल्लेख्य लगानी गर्दैछौँ ।’

गुगलले यहीँ वर्ष आफ्नो मूल थलो क्यालिफोर्नियामा १ अर्ब डलर लगानी गर्नेछ । एटलान्टा, वासिंटन डिसी, शिकागो र न्युयोर्कका कार्यालयहरु समेत विस्तार गर्ने योजना रहेको छ ।

गुगलले न्युयोर्कसिटी स्थित कार्यालय विस्तारमा यही वर्ष २५ करोड डलर लगानी गरी कर्मचारीको संख्या ३ हजार थप गर्ने योजना छ ।

यसअघि फेसबुकले आरईआई कम्पनीको स्वामित्वमा रहेको प्रयोगविहीन अवस्थाको भव्य कार्यालय भवन खरिद गर्ने बताएको थियो ।

त्यस्तै अमेजनले अमेरिकाका विभिन्न सहरमा गरी ३५ सय नयाँ कर्मचारी भर्ना गर्ने र अमेरिकाका विभिन्न सहरमा रहेका कार्यालयको क्षेत्रफल वृद्धि गर्ने घोषणा गरिसकेको छ । सीएनएनबाट

प्रतिक्रिया दिनुहोस