२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लिमी नाका खुल्न पाँच महिना लाग्ने

अ+ अ-

सिमकोट । हुम्लाको उत्तरी नाका खुल्न समय लाग्ने भएको छ । हिमपातका कारण बाटो बन्द हुँदा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित लिमी गाउँमा पाँच महिना आवतजावत रोकिने भएको छ ।

लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा त्यहाँ पुग्ने अर्को कुनै विकल्प नभएको त्यहाँका वडाध्यक्ष पाल्जोर तामाङले बताए । केही दिनअगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको हो । यी दुवै बाटो अब आगामी जेठमा मात्रै खुल्नेछन् । पाँच महिनाका लागि बाटो बन्द भएपछि लिमीका स्थानीयवासी थुनिएका छन् ।

दुवै नाकामा चारदेखि पाँच फिटसम्म हिउँ जम्ने गरेको छ । त्यहाँ जडान गरिएको नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुन्छ । अहिले लिमी सञ्चार सम्पर्कविहीन भएको छ । बेलाबेला आउजाउ भइरहने वल्र्डलिङ्कको इन्टरनेट सेवा भने सम्पर्कको माध्यम भएको हल्जी गाउँका स्थानीयवासीले बताएका छन् ।

बाटो बन्द भएपछि बिरामी तथा अत्यावश्यक काम पर्दा त्यहाँका स्थानीयवासीलाई हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प छैन । हिमपातपछि बाटो बन्द हुने भएका कारण छ महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक बन्दोबस्तीका सामान त्यहाँका स्थानीयवासीले तयारी अवस्थामा राख्छन् तर यो वर्ष कोरोनाका कारणले दैनिक उपभोग्य वस्तुको जोहो निकै कम भएको बताइएको छ ।

गएको मङ्सिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट अनुदानको ७०० क्विन्टल खाद्यान्न लिमी पुगेको थियो । लिमी उपत्यकाका साथै हिल्सा नाका पनि हिमपातपछि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस