२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई दिइने प्रशिक्षणमा १८ विषयवस्तु थप

अ+ अ-

काठमाडौँ । कर्मचारीलाई दिइने प्रशिक्षणमा १८ वटा प्रशिक्षण सामाग्री थपिने भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तालिमबाट कर्मचारीको क्षमता, दक्षता, सीप तथा कुशलता विकास भई कार्यसम्पादनमा प्रभावकारिता ल्याउन आफ्ना प्रशिक्षण सामाग्रीलाई समसामयिक, वस्तुनिष्ठ, व्यवहारिक, उपयोगी एवम् सान्दर्भिक बनाउन विभिन्न १८ वटा विषयलाई पाठ्यक्रम, मोड्यूल एवम् प्रस्तुतीकरणमा समावेश गर्न भनेको हो । मन्त्रालयले आइतबार सचिव स्तरीय निर्णय गर्दै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र प्रदेश प्रशिक्षण प्रतिष्ठान, प्रादेशिक सुशासन केन्द्र तथा सबै प्रदेश प्रशिक्षण केन्द्रहरूलाई परिपत्र गरेको हो ।

सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूका लागि सेवा प्रवेश, सेवाकालीनलगायत अन्य लामो तथा छोटो अवधिका लागि क्षमता विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दा समसामयिक विषय समेट्दै व्यवहारिक एवम् अन्तरक्रियात्मक बनाउन यी विषयवस्तुहरू थपिएको मन्त्रालयले जनाएको छ ।

कर्मचारीहरूलाई समयानुकूल विषयवस्तुहरूमा प्रशिक्षण गराउनु पर्ने आवश्यकता महसुस भएकोले विषयवस्तुहरू थप्न लगाएको मन्त्रालयको सचिव एकनारायण अर्यालले बताए । ‘सेवा प्रवाहलाई सहज, सरल र प्रभावकारी बनाउन कतिपय टुल्सहरुको विकास गरिएको छ’, सचिव अर्यालले भने, ‘कार्यालयमा प्रयोग हुने सिपले सेवा प्रवाहलाई अझ बढी चुस्त दुरुस्त बनाउने भएकोले ती विषयवस्तुहरू थप्न थालिएको हो’

मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन(लिजा)देखि वित्तीय सुशासन लेखाजोखा, वातावरणमैत्री कार्यालयका सूचकहरू, अङ्ग्रेजी तथा नेपाली भाषा शुद्ध लेखनलगायत विभिन्न १८ वटा विषयवस्तुहरू समावेश गरेको छ । यी विषयवस्तुहरूले तालिमलाई थप प्रभावकारी तथा समयानुकूल बनाउने विश्वास मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस