काठमाडौँ। निर्वाचन आयोगमा नेकपा एमाले पार्टी दर्ता गराएकी सन्ध्या तिवारी समूहले पार्टी नयाँ नाम दर्ता गराएको छ । तिवारी नेतृत्वको नेकपा एमाले पार्टीको नाम फेरेर ‘जनताको जनवाद पार्टी’ दर्ता गराएको हो ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता प्रक्रियामै बदर गर्दै साविक पार्टीहरु ब्युँताई दिएपछि तिवारीको नेकपा एमाले पनि अवैध भएको थियो ।
त्यसपछि आयोगले उनीहरुलाई पार्टीको नयाँ नाम दर्ताका लागि आह्वान गरेको थियो । जनताको जनवादी पार्टीलाई चुनाव चिन्ह भने उदाउँदो सूर्य नै दिइएको छ ।