पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि ,७७ जना संक्रमणमुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि ,७७ जना संक्रमणमुक्त


प्रशासन संवाददाता

१ चैत्र २०७७, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ६ सय १५ जनाको पीसीआर परिक्षण गर्दा थप ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यो सँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ७५ हजार २ सय ३९ पुगेको छ ।

आइतबार थप ७७ जना कारोना संक्रमित कोरोनामुक्त भएर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ३ सय २६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मुत्यु भएको छैन । नेपालमा हालसम्म ३ हजार १४ जनाको कोरोनाको कारणले मृत्यु भइुसकेको छ ।

नेपालमा हाल ८ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस