२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा छ सयभन्दा बढीलाई परिचयपत्र

अ+ अ-

रसुवा । अपाङ्गता भएका व्यक्तिको पहिचान गरी विभिन्न निकायबाट पाउने सेवा सुविधा उपलब्ध गराउने कार्यमा सहज पार्न परिचय वितरण कार्य जिल्लामा अगाडि बढेको छ ।

रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रको समन्वयमा हाल ३७१ महिलासहित ६२५ लाई अपाङ्गताको पहिचान गर्ने परिचय प्रदान गरिसकेको उक्त केन्द्रले जनाएको छ । पछिल्लो आँकलनअनुसार अपाङ्गता भएका व्यक्ति जिल्लामा करिब एक हजार रहेका छन् । अपाङ्गता भएका नागरिकलाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन स्थानीय तहलगायत सबै निकायसँग समन्वय गरिरहेको रसुवा अपाङ्ग पुनःस्थापना केन्द्रका अध्यक्ष गम्भीरमान लोले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिलाई समुदायमा आधारित पुनःस्थापना गराउन प्रदेश सरकारद्वारा स्थानीय तहमा आउने अनुदानको कार्यक्रम बनाउनसमेत सहयोगी भूमिका निर्वाह गरिरहेको बताइन्छ । यस्तै जिल्लाभित्र रहेका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड क्षेत्रमा प्राविधिक साझेदारी कार्यक्रमअन्तर्गत ह्याण्डिक्याप इन्टरनेशनल फेडरेसन नेपालको सहयोगमा अपाङ्गता भएका व्यक्तिलाई केन्द्रित गरी स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र जीविकोपार्जनका कार्य योजना बनाउने कार्य अगाडि बढिरहेको छ ।

ह्याण्डीक्यापसँगको साझेदारीमा विपद् न्यूनीकरणका लागि पूर्वतयारीका कार्यक्रम अगाडि बढाएको, विपद्को कार्य योजना बनाउन स्थानीय तहलाई सहयोग गरिरहेको र स्थानीयस्तरमा विपद् व्यवस्थापनअन्तर्गतको खोज तथा उद्धारसम्बन्धी तालीम प्रदान गरिसकेको कार्यक्रम अधिकृत छिरिङ लामाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिको अधिकार एवं क्षमता विस्तार गरी आत्म मनोबल उच्च पार्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम अगाडि बढिरहेको बताइएको छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घको सहकार्यमा रसुवामा छरिएर रहेका अपाङ्गत भएका व्यक्तिको पहिचान र यकिन तथ्याङ्क लिने काम अगाडि बढिरहेको छ । अहिलेसम्म उत्तरगया गाउँपालिकामा ३०० एवं गोसाइँकुण्ड गाउँपालिकामा १३९ अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन गर्ने कार्य सम्पन्न भइसकेको पनि कार्यक्रम अधिकृत लामाले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिलाई सहज वातावरण बनाउने कार्यक्रम प्रदान गर्न सबै सङ्घसंस्थाले निरन्तर सहयोग गर्नेमा आफ्नो संस्था आशावादी रहेको अपाङ्ग पुनःस्थापना केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस