२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिटामोलसमेत नपाइने गाउँमा विशेषज्ञ सेवाः स्थानीयवासी खुशी

अ+ अ-

कालीकोट । कालीकोटको दुर्गम ठाउँ पलाँता गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच वृद्धि भएको छ ।

सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो । हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले शल्यक्रियासहितको विशेषज्ञ सेवा शुरु गरिएको छ ।

नेपाल सरकारले हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजनासहित अस्पतालको शिलान्यास भएपछि गाउँमा नै विशेषज्ञ सेवा दिन शुरु गरिएको हो । गाउँमा पहिले ज्वरो आउँदा सिटामोलसमेत नपाइने गरेको अहिले गाउँमा नै चिकित्सकसहित विशेषज्ञ सेवा सञ्चालन आएपछि सजिलो भएको पलाँता गाउँपालिका–९ का राजबहादुर बमले बताए । ‘पहिलो औषधि नाममा सिटामोलसमेत पाइँदैनथ्यो । जडीबुटी र धामीझाँक्रीको भर पर्नुपथ्र्यो’, उनले भने, ‘अहिले गाउँमा डाक्टरसहितको विशेषज्ञ सेवा सञ्चालन आएपछि सहज भएको छ ।’

गाउँ जटिल खालका बिराम लागेर बसेकाहरुले अहिले औषधि उपचारका लागि स्वास्थ्य सेवा कार्यालयमा आउन थालेको र गाउँ नै शल्यक्रियासहितको उपचार हुन थालेको स्थानीय नरबहादुर रोकायाले जानकारी दिए । ‘घाउ खटिरा आउँदा पनि उपचार पाएका थिएनौँ’, उनले भन्नुभयो, ‘अहिले गाउँमा नै विभिन्न रोगको सहजै उपचार पाउने गरेका छौँ ।’

सामान्य बिरामी हुँदा सिटामोलसमेत नपाउने गरेको ठाउँमा अहिले विशेषज्ञ सेवा सञ्चालन गरिएको पलाँता अस्पतालका डा विजयकुमार महतोले बताए। ‘दुर्गम ठाउँ भएकाले यहाँका स्थानीयवासीले सिटामोलसमेत पाउने गरेका थिएनन्’, उनले भने, ‘अहिले जटिलखालका बिरामीको शल्यक्रिया गर्न थालेका छौँ ।’

विगतमा सामान्य ज्वरो आउँदा पनि जिल्ला सदरमुकाम मान्म र बाहिरी जिल्लामा जानुपर्ने बाध्यता अहिले हटेको स्थानीयवासी रामबहादुर बिकको भनाइ छ । ‘सामान्य बिरामी हुँदा पनि हामीले दशौँ हजार रुपैयाँ खर्च गरेर दुईतीन दिन हिँडेर जानुपर्ने बाध्यता थियो’, उनले भने, ‘अहिले गाउँमा नै डाक्टर’साब पाउँदा खुशी लागेको छ ।’

देशमा तीन तहका सरकार बनेको अहिले गाउँमा नै चिकित्सक देख्न पाउँदा साँच्चै गाउँमा सिंहदरबार आएको अनुभूति भएको स्थानीय करवीर बमले बताए । ‘हिजो गाउँमा सिंहदरबार आयो भनियो । के आयो के आयो सोचेको थिए’, उनले भने, ‘अहिले गाउँमा नै औषधि उपचारका लागि डाक्टर देख्दा गाउँमा नै सिंहदरबार आएको अनुभूति भएको छ ।’

गाउँपालिकाले स्वास्थ्य शिक्षामा पछाडि परेको गाउँपालिकालाई स्वास्थ्य सेवा, शिक्षालगायतका क्षेत्रमा पहुँच वृद्धि गर्ने उद्देश्यले काम गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘स्वास्थ्य क्षेत्रमा अहिले आमूल परिवर्तन गर्न त सक्दैनौँ’, उनले भने, ‘तर, अरू केही गर्न नसकिए पनि गाउँमा विशेषज्ञ सेवासहित डाक्टर गाउँमा नै राखिएको छ ।’ गाउँमा नै औषधि उपचार पाउन थालेपछि पलाँताका स्थानीयवासी उपचारका टाढाटाढा जानुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस