जसपा मुसा दौडमा छैन है –बाबुराम भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपा मुसा दौडमा छैन है –बाबुराम भट्टराई


प्रशासन संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन् । भटटराइले एमाले र जसपाबीच सत्ता साझेदारीबारे वार्ता चलिरहेका बेला यस्तो प्रतिक्रिया दिएका हुन् ।

बिहीबार ट्विटरमार्फत भट्टराईले कुर्सीको खेलमा नलागी समस्याका जड खोतल्न लाग्नु पर्नेसमेत बताएका छन् । भट्टराईले भनेका छन् –‘देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है ।’

अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चियरको खेलमा लाग्न नहुने भट्टराईको तर्क रहेको छ । ‘समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ।’ भट्टराईले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस