२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म छोड्नेवाला छैन, लड्नेवाला छु : अध्यक्ष दाहाल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक क्रान्तिमा जाने बताएका छन्। जनयुद्ध सुरु गर्दा ४२ वर्षको भएको र अहिले ६७ वर्षको पुगेको भन्दै प्रचण्डले क्रान्तिका लागि उमेरले नछेक्ने भन्दै यस्तो बताएका हुन्।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित माओवादी निकट स्वास्थ्यकर्मीसँगको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६–६७ वर्षको भएँ’, प्रचण्डले भने, ‘उमेरले कति दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए। म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु। तपाईंहरु यो कुरामा विश्वस्त रहनुहोस्। म एउटा ब्याटल लडेँ। त्यो जिते पनि। अझै हामीले लड्नुपर्छ।’

प्रचण्डले आफ्नै साथीहरु छुट्दा कमजोर भएको अनुभूति भएको भन्दै एक पटक फेरि जनताको साथमा जाने संकल्प लिएकोसमेत बताए। अहिले षड्यन्त्र भएको भन्दै प्रचण्डले त्यसलाई परास्त गर्न आफ्नै खुट्टामा र आफ्नै शक्तिको भरमा पर्नुपर्ने बताए।

‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ’, पचण्डले भने। उनले अब फेरि दुई चार वर्ष जनताका बीचमा गएर देशव्यापी अभियान चलाउने समेत बताएका छन्। प्रचण्डले काठमाडौँ छोडेर जनताका बीचमा गएर अभियान चलाउने बताएका हुन्।

केही गल्ती भएको भए त्यसलाई सुधार गरेर प्रतिक्रियावादविरुद्ध लड्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस