२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच वर्षमा पनि बनेनन् दुई पुल

अ+ अ-

दार्चुला । महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला तिङ्कर सडक खण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल निर्माण शुरु भएको पाँच वर्ष भयो । सो सडक खण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडक खण्ड वर्षात्मा सडक अवरुद्ध हुँदै आएको छ ।

झण्डै दुई वर्षभित्रै निर्माण सक्नुपर्ने पूल निर्माण पाँच वर्षपछि मात्रै अन्तीम चरणमा पुगेको छ । पुल निर्माणमा भएको ढिलाइले सर्वसाधारणले समेत सास्ती भोग्नुप¥यो । पुल निर्माण नहुने तर पटकपटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको बताएका छन् । महाकाली– १ का स्थानीयवासी दानीराम लुहारले भने,’अहिले आएर पुल निर्माणले गति लिएको देख्दा पुल बन्छ भन्ने आशा छ ।’

निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ जेठ ४ गते सक्ने लक्ष्य थियो । सो पुल कूल रु दुई करोड ४६ लाखको लागतमा निर्माण गर्ने सम्झौता भएको हो ।

लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग २०७२ चैत १५ गते सम्झौता गरी २०७४ असार १४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । सो पुल कूल रु तीन करोड ५८ लाखको लागतमा निर्माण गर्नुपर्ने हो । दुवै पुलको काम समयमै सकिएन् । पुल नहुँदा वर्षात्को समयमा सो सडक खण्डमा यातायातका साधनसमेत चल्न सक्ने अवस्था रहेन श्रीवगडका स्थानीयवासी दिलीपसिंह कार्कीले भन्छन्, ‘बर्खाको समयमा जहिल्यै सडक अवरुद्ध हुन्छ ।’

एक दशक अघिबाट निर्माण शुरु भएको दार्चुला तिङ्कर सडक खण्डमा हालसम्म झण्डै ४३ किलोमिटर सडकको ट्र्याक खुलेको छ । अहिले सो सडक खण्ड ब्यास गाउँपालिकाको केन्द्र सुनसेराभन्दा तीन किलोमिटर अघिसम्म मात्रै पुगेको छ । सडक निर्माणसँगै पुल निर्माणमा सरकारी पक्ष र निर्माण व्यवसायीकै लापरवाहीका कारण समयमै निर्माण नसकिएको व्यवसायी चक्रबहादुर बम बताउछन् । ‘समयमै ध्यान दिएको भए अहिलेसम्म पुल बनिसक्थ्यो”, उनले भने, ‘सबै पक्षबाट लापरवाही भएकै कारण ढिलो गरी पुल निर्माण भइरहेको छ ।’

दुबै ठाउँमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । हिउँदको चिसो महिनामा नदी भएर वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ । अहिले दुवै पुलको निर्माण कार्यले केही गति लिएको छ ।

निर्माण सामग्री समयमै आपूर्ति नहुनु तथा पुल निर्माणको लागि जिम्मेवारी दिएको व्यक्तिले समयमै काम गर्न नसक्नु पुल निर्माणको ढिलाइ भएको बताइएको छ । राजेन्द्र निर्माण सेवाका प्रतिनिधि अर्जुन गुर्दामी यसै आर्थिक वर्षको असारभित्र दुबै पुलमा गाडी गुड्ने गरी काम भइरहेको जानकारी दिए ।

अहिले पुलको काम सन्तोषजनक प्रगति छ । निजागाडमा ९५ प्रतिशत र लास्कु खोलामा ६५ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस