काठमाडौँ । जेठ मसान्तसम्म अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न सकिने छ ।
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ को दफा ६ को उपदफा १ बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७४ चैत १४ गते यस सम्बन्धी नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।
सूचनाको खण्ड ख बमोजिम २०७७ पुस महिनाभित्र नवीकरण नभएका अनलाइन सञ्चारमाध्यमले २०७८ जेठ मसान्तभित्र नवीकरण गराउनुपर्ने राजपत्रमा उल्लेख छ ।
निर्देशिकाको दफा ५ बमोजिम दर्ता भएका अनलाइन सञ्चारमाध्यम प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना अर्थात् पुस महिनाभित्र नवीकरण गराइसक्नुपर्छ ।