२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन रोयल मर्चेन्ट फाइनान्सका सञ्चालकविरुद्ध ४० करोड बिगोसहित ११ वटा भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक लगानी कोषकोसमेत लगानी रहेको साबिकको रोयल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स लिमिटेबाट कर्जा प्रवाहमा अनियमितता भएको भन्दै ११ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ। यो फाइनान्सका हाल नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कमा गाभिएको छ ।

अख्तियारले लगानी कोषको तर्फबाट सञ्चालक पदमा नियुक्त भएका नवौँ तहका तत्कालीन कर्मचारी छवि रमण अधिकारीसमेत तत्कालीन सञ्चालक वसन्त मल्ल, मधुवन लाल श्रेष्ठ, मधुरलाल सिन्या, रिता वादे श्रेष्ठ, भरतकाजी श्रेष्ठ र लोकेन्द्रमान कर्माचार्य गरी ७ जना विरुद्ध मुद्दा चलाएको हो।

‘दरबारमार्ग शाखाबाट प्रवाह भएका अधिकांश कर्जामा कर्जा प्रवाहसम्बन्धी न्यूनतम मापदण्डहरूसमेत नअपनाई अनियमित तवरले कर्जा प्रवाह गरी आफ्नो ओहदाको वा सो सम्बन्धी कर्तव्य पालना गर्दा सार्वजनिक संस्थाको सम्पत्ति बदनियत तथा लापरबाही गरी हिनामिना तथा हानि नोक्सानी गरेको पुष्टि हुन आएको छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भनेको छ।

‘फरक फरक ऋणीलाई ऋण दिँदा अनियमितता गरेको भएर ११ वटा छुट्टाछुट्टै मुद्दा दर्ता भएको हो,’ अख्तियार प्रवक्ता नारायण रिसालले भने, ‘हामीले सञ्चालकमध्ये वसन्त मल्ल, वरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध सञ्चालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोज कुमार भेटवाल, ऋणी भैरव प्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा लिई अदालतमा मुद्दासँगै बुझाएका छौँ।’

११ वटा मुद्दाको बिगो जोड्दा ४० करोड, ३३ लाख ८८ हजार ९ सय २९ रुपैयाँ हुन आउँछ ।

प्रतिक्रिया दिनुहोस