२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रभावकारी बन्दै टेलिमेडिसिन सेवा

अ+ अ-

पर्वत । भिरकोट नगरपालिका–८ मा अवस्थित खिलुङ देउराली स्वास्थ्यचौकीले शुरुआत गरेको टेलिमेडिसिन सेवा प्रभावकारी बन्दै गएको छ । कोभिड–१९ को सङ्क्रमणलाई दृष्टिगत गर्दै गत असोजदेखि शुरु गरिएको सेवाले स्थानीयवासी औधि खुशी भएका हुन् ।

सेवाअन्तर्गत सुरक्षित गर्भपतन सेवाका बारेमा जानकारी दिइँदै आएको स्वास्थ्यचौकीका प्रमुख दीपेश नेपालीले जानकारी दिए । ‘ग्रामीण भेगमा रहेका महिलालाई लक्ष्य गरी टेलिमेडिसिन सेवाको शुरुआत गरेका हौँ’, उनले भने, ‘अहिले यो सेवा निकै प्रभावकारी बन्दै गएको छ भने घरमै बसेर पनि सेवा लिन सक्ने अवस्था बनेकाले सहज भएको छ ।’

सेवाका लागि भिरकोट र आइपास नेपालबीच सम्झौता छ । नगरभित्र रहेका ५२ महिला स्वास्थ्य स्वयंसेविका र अनमीलाई अभिमुखीकरण गरेपश्चात् गत असोज ६ गतेदेखि टेलिमेडिसिन सेवाबाट सुरक्षित गर्भपतन र परिवार नियोजन सेवाको शुरुआत गरिएको हो ।

‘प्रत्येक वडाबाट महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहने गरी १७ जनालाई छनोट ग¥यौँ’, उनले भने, ‘महिला स्वयंसेविकाहरुसँग गर्भ रहेका महिलाहरुले टेलिफोन, म्यासेन्जर, भाइबर, स्काइपलगायत माध्यमहरुको प्रयोगबाट कुराकानी गर्ने र अनिच्छित गर्भपतन गर्न चाहेमा सुरक्षित गर्भपतन गराउने व्यवस्था मिलाउने कार्य हुँदै आएको छ ।’

सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत खिलुङ स्वास्थ्यचौकीमा नौ हप्तासम्मको महिलाको मञ्जुरीमा गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । ‘टेलिमेडिसिन सेवा ग्रामीण भेगका महिलाहरुका लागि बढी प्रभावकारी बनेको छ’, प्रमुख नेपालीले भने, ‘स्वास्थ्यचौकीसम्म आउन नभ्याउने वा अझ बढी गोपनीयताका कारण घरबाटै सेवा लिनेहरु बढ्दै गएका छन् भने घरमै बसेर आवश्यक परामर्श पाउने भएकाले पनि सेवाग्राहीहरु निकै खुशी देखिन्छन् ।’

सेवा सञ्चालनका लागि नगरपालिकाले अभिमुखीकरण कार्यक्रम, सञ्चार खर्च, महिला स्वयंसेविकाको मासिक खाजा खर्च, गर्भपतन गराउनेहरुका लागि आवश्यक औषधि तथा सामग्री, निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाइएको नगर प्रवक्ता दीपेन्द्र केसीले जानकारी दिए । यसको प्रयोगले सेवाको पहुँच विस्तार र सुनिश्चितता भएको तथा प्रविधिको प्रयोग पनि बढ्दै गएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस