जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ ।

पछिल्लो राजनीतिक अवस्था र संसदमा निर्वाह गर्ने भूमिकाका विषयमा छलफल गर्न जसपाले भोली (मंगलबार) दिउँसो १ बजे दलको बैठक बोलाएको जसपाका नेता राजकिशोर यादवले जानकारी दिए ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाएको यादवले बताए ।

आफूहरू प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै आन्दोलनमा गएको र पुनःस्थापना भएपछि त्यसका बारेमा दृष्टिकोण पनि दलको बैठकले तय गर्ने उनको भनाइ थियो ।

सर्वोच्च अदालतले सत्तारुढ नेकपा नामको आधिकारिताबारे आइतबार फैसला गरेको थियो । जसमा नेकपा दल ऋषि कट्टेलको हो भनेको थियो । त्यसका साथै साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस