२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कोभिड-१९ प्रतिकार्य र अन्य अवस्थामा नेतृत्वका अग्रमोर्चामा रहने महिलाका सम्मान गरौँ’

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) का कार्यकारी निर्देशक डा. नातालिया केनमले कोभिड–१९ प्रतिकार्य र अन्य अवस्थामा नेतृत्वका अग्रमोर्चामा रहने महिलाका सम्मान गर्न आह्वान गरेका छन् ।

एकसय एघारौँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै उनले सबै महिला विषेश गरी समानताका लागि नेतृत्व गर्ने अग्रणी महिलाको सम्मान गर्न, नेतृत्व लिने सपना देखेका महिला र किशोरीलाई आफ्नो लक्ष्यतर्फ लागिरहन प्रोत्साहन गर्न आग्रह गरे । उनले विज्ञप्तिमा भने, ‘महिलाले संसारभर नेतृत्व गर्छन् । उनीहरु शान्ति प्रक्रिया नेतृत्व गर्छन् । व्यवसाय चलाउँछन् । अस्पताल र विद्यालय स्थापना गर्छन् । उनीहरु राष्ट्रप्रमुख तथा कर्पोरेट बोर्डका उच्चतहमा छन् । प्रायःजसो आफ्नो परिवार तथा समुदायको हेरचाह गर्दै उनीहरु अन्तरराष्ट्रिय र राष्ट्रियस्तरका संस्था, खेलकूद टिम र वातावरणीय गतिविधिमा सहभागी हुन्छन् ।’

उनले लैङ्गिक समानता हुने समाज बढी समृद्ध रहेको चर्चा गर्दै यस्तो समाजमा दीगो शान्ति रहेको र समाजका सबैले लाभ लिएको बताए । उनले भने, ‘नेतृत्व तहमा पूर्ण लैङ्गिक समानता कुनै पनि देशले अहिलेसम्म प्राप्त गरेको छैन । तर हामी त्यहाँ पुग्छौँ र महिलाले सामूहिकरुपमा परिवर्तन गर्न सक्छौँ भन्ने कुरामा म विश्वास गर्दछु ।’

विज्ञप्तिमा कार्यकारी निर्देशक डा.केनमले भनेका छन्, ‘महिलाको नेतृत्वतर्फको बाटो अझै धेरै अबरोध छन् । आफ्नो शरीरमाथि आफ्नो पूर्ण नियन्त्रण नहुनु एक आधारभूत ब्यबधान हो । परिवार नियोजनका साधन प्रयोग गर्ने वा नगर्ने, यौन सम्बन्ध राख्ने वा नराख्ने जस्ता आफ्नो शरीरसम्बन्धी आधारभूत निर्णय लिने अधिकारबाट अझै पनि धेरै महिला वञ्चित छन् । यस्तो अवस्थाको अन्त्य गरौँ ।’

विज्ञप्तिमा भनिएको छ , ‘कोरोना भाइरस रोगका एक वर्षमा महामारीले कसरी महिलाको शारीरिक स्वायत्तता अभ्यास गर्ने क्षमतालाई अवरोध गर्ने विद्यमान ब्यवधानलाई अझै खराब बनाउन सक्छ भनेर हामीले देखेका छौँ । यौन र प्रजनन् स्वास्थ्य सेवा प्रभावित भएको र लैङ्गिक हिंसा आकाशिएको छ । शारीरिक स्वायत्तताको अधिकार उपभोगबाट वञ्चित महिलाले समानता हासिल गर्नका लागि जीवनभर विभिन्न अवरोध भोग्नुपर्ने अवस्था आउनेसक्ने हुन्छ । यसैकारण महिलाले शारीरिक स्वायत्तता हासिल गर्न सकुन् भनेर र नेतृत्व गर्नका लागि सीप तथा अवसर प्राप्त गर्नुपर्छ भन्ने कुरालाई हामीले सुनिश्चित गर्नुपर्दछ ।’

कोभिड–१९ महामारीमा महिलाले पूरै समाजलाई नै चलायमान बनाएका छन् । बहुसङ्ख्यक अग्रपङ्क्तिमा खटिएका कामदारका रुपमा स्वास्थ्य प्रणाली धानेका छन् र विद्यालय नगएका बालबालिकाका साथसाथै बिरामीको सेवा गरी घरको थप जिम्मेवारी साहसपूर्णरुपमा व्यवस्थापन गरेका उल्लेख गर्दै कार्यकारी निर्देशक डा. केनमले भने, ‘महिला विरुद्ध हिंसा पीडितका लागि उनीहरुले आवास गृह खुला राखेका छन् र परिवार नियोजनका साधान वितरण गर्न कै लागि भनेर दुर्गममा पुगेका छन् ।’

प्रतिक्रिया दिनुहोस