२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

अ+ अ-

काठमाडौँ । सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने भन्ने विषय विवादमा भएपछि प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदनको आजको बैठकको कार्यसूचीमा रहेको अध्यादेश प्रस्तुत गर्ने विषय अघि बढाउनासाथ दाहाल–नेपाल समूहले उठेर विरोध जनाएपछि सभामुखले नेता भीम रावललाई बोल्न समय प्रदान गरे ।

नेता रावलले सदन प्रारम्भ भएको पहिलो बैठकमा सांसद र पूर्वसांसदले गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा पु¥याएको योगदानको सम्मान गर्दै सदनले शोक प्रस्ताव पारित गरी बैठक अन्त्य गर्नुपर्नेमा अध्यादेशलगायत अन्य कार्यसूची राखिएको प्रति असहमति जनाउँदै फिर्ता नलिए सदन बहिष्कार गर्ने घोषणा गर्दै उक्त समूहका नेताहरू बैठकबाट बाहिरिए ।

नेता रावल बैठकमा बोलिरहँदा नेकपाकै अर्का सांसद खगराज अधिकारीले नियमापत्ति प्रकट गर्दै सदन चलेको पहिलो दिन नै अध्यादेश पेश गर्ने परम्परालाई ध्यान दिन सभामुखको ध्यानाकर्षण गराए । दाहाल–नेपाल समूहका सांसद बाहिरिएसँगै प्रमुख प्रतिपक्ष दलका सचेतक पुष्पा भुसालले सर्वोच्च अदालतको संसद् पुनःस्थापना गर्ने निर्णयको आफ्नो पार्टीले स्वागत गरेको जानकारी दिँदै संसद्भित्र देखिएका समस्या र चुनौतीलाई यहीबाट टुङ्ग्याउनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘पहिलो दिनमै बैठक छोडेर जानुपर्ने अवस्था कसरी आयो, संवैधानिक परिषद् भनेको सरकार हो, सरकारले प्रस्तुत गरेको अध्यादेश स्वीकार गर्न सकिन्न ।’ प्रमुख सचेतक बालकृष्ण खाँडले अध्यादेशलाई स्वीकार गर्न नसकिने भएकाले अविलम्ब फिर्ता गर्न माग गरे । प्रमुख सचेतक खाँडले भने, ‘अध्यादेश स्वीकार गर्नै सकिन्न । यो सदनमा प्रवेश गर्न सक्दैन, अविलम्व फिर्ता लिइयोस्, यदी यो फिर्ता लिइएन भने सदन अघि बढाउन सहयोग हुँदैन।’

सचेतक खाँडले उक्त भनाइ राखेपछि प्रतिपक्षका सांसदले नाराबाजी गर्दै रोष्टम घेराउ गरे । प्रतिपक्षले नारावाजी र रोष्टम घेराउ गरिरहँदा सभामुख सापकोटाले प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठलाई संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकारसम्बन्धी पहिलो संशोधन अध्यादेश), २०७७ बैठक समक्ष पेश गर्न अनुमति दिए । त्यसको लगत्तै प्रमुख प्रतिपक्ष दलले सदन बहिष्कार गर्दै बाहिर निस्केपछि सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस