२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्छ : वरिष्ठ नेता पौडेल

अ+ अ-

गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी निष्ठा, आदर्श र सिद्धान्तमा उभिनुपर्ने बताएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–१ स्थित सेरावेशीमा निर्मित स्व.सञ्जय खनाल स्मृति प्रतिक्षालय तथा खानेपानी धारा उद्घाटन कार्यक्रममा उनले हिजोका सबै आशक्ति त्यागेर पुनःएक पटक लोकतन्त्रलाई बचाउनुपर्ने बेला आएको बताए । राष्ट्रिय सङ्कटको यस घडिमा पार्टीभित्रको एकता पनि आवश्यक भएको बताउँदै उनले भन, ‘न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनका आधारमा एकता कायम हुन्छ, एजेन्डा, मिसनमा एकताका साथै समाजवादको एजेन्डामा एकता हुनुपर्छ ।

कांग्रेसले २००७ सालदेखि अहिलेसम्म निरन्तर जनताको अधिकार, लोकतन्त्र र सार्वभौमिक राष्ट्र बनाउनका लागि संकल्प लिएर बढेको बताउँदै उनले यसबीचमा धेरै किसिमका मार खप्दै कांग्रेस क्रियाशील भएको उल्लेख गरे । आँफैभित्र पनि बेलाबेलामा कांग्रेस विकृतिको, भ्रष्टाचारको सिकार बनेको उल्लेख गर्दै उनले त्यसबाट पार्टीलाई जोगाएर लोकतन्त्रको बाटोबाटै देशलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । राजनीतिले जनतालाई सुविधा दिनुपर्ने बताउँदै उनले यो घिनलाग्दो खेलका लागि हुन नहुने स्पष्ट पारे ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले प्रतिक्षालय एवम् खानेपानीको धारा स्थापना गरी स्व सञ्जय खनालका परिवारजनले पीडामा पनि समाजका प्रति योगदान गरेको बताए। सेरावेशी स्थायी बसोवास भएका स्व।सञ्जयको गत वर्ष कात्तिक ६ गते अन्नपूर्ण आधार शिविर जाने क्रममा हिउँ पहिरोमा परी निधन भएपछि उनका परिवारजनले स्मृतिमा प्रतिक्षालय एवम् खानेपानीको धारा जडान गरिदिएका हुन्।

लालध्वज मार्गमा पर्ने उक्त प्रतिक्षालय एवम् धारा निर्माणमा लगभग आठ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । प्रतिक्षालय एवम् धारा आजै सेरावेसी टोल विकास संस्थालाई हस्तान्तरण गरियो ।

प्रतिक्रिया दिनुहोस