५ हजार घुस लिने विद्युत् प्राधिकरणका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५ हजार घुस लिने विद्युत् प्राधिकरणका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर


प्रशासन संवाददाता

२१ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरण, सखुवा वितरण केन्द्र, अन्तर्गत ढल्केवर नो लाइट धनुषामा कार्यरत सुपरभाइजर जगत नारायण साह, इलेक्ट्रिसियन येम कुमार महतो, ज्यालादारी प्राविधिकको रूपमा कार्य गर्ने नवल किशोर राउत र मनोहर कुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको नाममा दर्ता रहेको पोल्ट्री फर्ममा विद्युत् मिटर जडान गराई दिएबापत पाँच हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो ।

सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिई गएको टोलीले सेवाग्राहीबाट रु पाँच हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस