२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाहाल-नेपाल समूहले नेम्वाङ, भट्टराई लगायतलाई दलबाट हटाएकोबारे संसदलाई दिए जानकारी

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले बुधबार केन्द्रीय कमिटिले गरेको निर्णयबारे संसद सचिवालयलाई जानकारी गराएको छ। नेकपाको एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने शृंखला चलिरहेका बेला दाहाल-नेपाल समुहले बुधबार बसेको केन्द्रिय कमिटि बैठकले गरेको निर्णयबारे संसदलाई जानकारी दिएको हो।

निर्णयबारे सचिवालयलाई अध्यक्ष प्रचण्डको पत्र बुझाइएको हो। दाहाल-नेपाल पक्षका नेताहरुले बिहीबार संसद सचिवालय सिंहदरबारमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विशाल भट्टराईसहितका सांसदलाई गरिएको कारबाहीबारे जानकारी गराएको हो।

दाहाल नेपाल पक्षको केन्द्रीय कमिटिको बैठकले संसदीय दलको उपनेताबाट नेम्वाङलाई तीन दिनभित्र राजीनामा दिन निर्देशन दिएको थियो भने देव गुरुङलाई हटाएर अध्यक्ष केपी ओलीले प्रमुख सचेतक नियुक्त गरेका विशाल भट्टराईलाई पार्टीबाटै निष्काशन गर्ने निर्णय गरेको थियो।

बैठकले ओली पक्षमा लागेकी सचेतक शान्ता चौधरी, मन्त्रीसमेत रहेका सांसद प्रभु शाह र महेश बस्नेतलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। दाहाल-नेपाल पक्षको निर्णय संसदसँग पनि जोडिएकाले औपचारिक रुपमा जानकारी गराइएको एक नेताले जानकारी दिए।

दाहाल-नेपाल पक्षको बैठकले केन्द्रीय सदस्य सूर्य थापा र कर्ण थापालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा छ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय पनि गरेको थियो। गत शुक्रबार ओलीले गुरुङलाई हटाएर भट्राईलाई नियुक्त गरेको औपचारिक जानकारी सचिवालयलाई गराएका थिए।

सो समुहको केन्द्रीय कमिटिको बैठकबारे जानकारी गराउन नेताहरु सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जनार्दन शर्मा, देव गुरुङलगायतका नेताहरु सिंहदरबार पुगेका थिए।

प्रतिक्रिया दिनुहोस