नीलगाईको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु « प्रशासन
prasaLogo
१७ फाल्गुन २०७७, सोमबार

नीलगाईको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु


प्रकाशित मिति : 1 March, 2021 4:44 pm

चितवन । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस