२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छौँ : प्रधानमन्त्री ओली

अ+ अ-

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताएका छन् । कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उनले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गरे ।

उनले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताए । हाल मासिक तीन हजार रहेको ज्येष्ठ नागरिकको भत्ता अरु बढाइने उनले घोषणासमेत गरे ।

नेपाललाई गरीब मुलुकबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिश गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताए ।

उनले प्रतिनिधिसभा पुनःस्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन चुनौती दिए । आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले जनताको आशीर्वाद लिएर आगामी चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताएका छन् । औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र जनतालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिए ।

समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले एक दिनमा देशभरि पाँच पुल बनेको जिकिर गरेका छन् । उनले भने, ‘अब देशमा पुलपुलेसाको समस्या कतैपनि भोग्नुपर्ने अवस्था आउने छैन ।’ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले यो साता देशभरि औद्योगिक पार्क स्थापना गरी देशलाई औद्योगिक युगतर्फ प्रवेश गराएको विचार राखे ।

उनले नेकपाकै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल दुई दुई पटक प्रधानमन्त्री हुँदा विकास र राष्ट्रियताको विषय कमजोर भएको तर वर्तमान नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार लोकप्रिय भएकाले त्यसविरुद्ध लाग्नु देश र पार्टीको हितकर नभएको बताए । उनले पार्टी छाडेर जाने समूहलाई आत्मालोचित भएर घर फर्किन आए एकता अझै सम्भव भएको स्पष्ट पारे ।

कमल– ७, गौरादह– ५ र दमक –१० को सङ्गमस्थलमा २१ सय बिघा जग्गामा औद्योगिक पार्क निर्माण हुन लागेको हो जसमा चीन सरकारको ६५ अर्ब लगानी हुने भएको छ । पार्कमा पहिलो चरणमा २६ विदेशी कारखाना स्थापना हुने र त्यसबाट उत्पादित वस्तु विदेशमा निर्यात हुने पार्कका अध्यक्ष गोविन्द थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस