२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार खसोग्जीको हत्यामा साउदी युवराजको स्विकृति रहेको अमेरिकी अध्ययनको दाबी

अ+ अ-

वासिङ्टन । पत्रकार जमाल खासोग्जीको हत्या वा पक्राउकालागि साउदी अरबका युवराज मोहम्मद बिन सलामको स्विकृति रहेको प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकी प्रशासनले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा युवराज सलामले खसोग्जीको हत्याकालागि समर्थन गरेको दाबी गरिए पनि साउदी अरबका अधिकारीहरुले भने त्यसको खण्डन गरेका छन् ।

सन् २०१८ माहत्या गरिएका ५९ वर्षीय पत्रकार खसोग्जी कुनै बेला साउदी सरकारका सल्लाहकार थिए । पछि उनीहरुसँग टाढिएर अमेरिका बस्दै आउएका थिए ।

स्व–निर्वासनमा सन् २०१७ मा अमेरिका पुगेका खसोग्जीको हत्या भने टर्कीमा भएको हो । टर्कीको राजधानी इस्तानबुलमा रहेको कन्सुलेटमै उनको हत्या भएको थियो भने शरीर टुक्रा टुक्रा पारिएको थियो ।

अमेरिकामा रहेका बेला उनले वासिङ्टन पोष्टमा साउदी अरब र त्यहाँका राजपरिवारको बारेमा आलोचनात्मक लेखहरु लेख्दै आएका थिए । मासिक स्तम्भमा उनले युवराज मोहम्मदको नीतिहरूको पनि आलोचना गर्ने गरेका थिए ।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा साउदी युवराज सलमानले इस्तानबुलमा साउदी पत्रकार खसोग्जीलाई पक्राउ गर्ने वा हत्यागर्ने योजनालाई स्विकृति दिएको दाबी गरिएको छ ।

खसोग्जीको हत्यामा युवराजको हात रहेको दाबी यसअघि पनि अमेरिकी अधिकारीहरुले गर्दै आएका थिए । साउदी अरबमा नेतृत्वदायी भूमिकामा रहेका युवराज मोहम्मदले भने यसअघि पनिती आरोपहरुको खण्डन गर्दै खसोग्जी हत्यामा आफ्नो कुनै पनि हात नरहेको दाबी गर्दै आएका थिए ।

विश्वकै सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरब मध्यपूर्वमा अमेरिकाको प्रमुख समर्थक मुलुक भएपनि यो घटनाले सम्वन्धमा असर पर्ने देखिएको छ ।

अमेरिकीमा नयाँ राष्ट्रपति जो बाइडेनको आगमनसँगै अमेरिका र अन्य देशहरुको सम्वन्ध कस्तो होलाभन्ने उत्सुकता जागिरहेका बेला सार्वजनिक भएको यो प्रतिवेदनले केही समय तरंग फैलाउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस