२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओली नेतृत्वको सरकार कुनै हालतमा विचलित हुने छैन : प्रवक्ता गुरुङ

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार कुनै पनि विषयमा विचलित नहुने बताएका छन् ।

साधना कला केन्द्र र नेपाल साङ्गीतिक सङ्घले वरिष्ठ संगीतकार स्वर्गीय अमर गुरुङको ८३औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकार कुनै पनि विषयमा विचलित नभई काम गर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विचलित हुने छैन’, सरकारका प्रवक्ता गुरुङले भने, ‘राष्ट्र र राष्ट्रिताका लागि मुलुकलाई सही निकास दिने र गन्तव्यमा पुर्‍याउने काम गर्नेछ ।’ उनले राष्ट्रको विकास, समृद्धि र रुपान्तरणका लागि आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति सम्मान व्यक्त गर्दै मन्त्री गुरुङले भने, ‘फैसलाप्रति हाम्रो सम्मान छ, विघटन सदर भएको भए अप्रिय घटना हुने जस्ता आंकलन पनि भएका थिए, तर हामी जे फैसला भए पनि मानेर जाने पक्षका हौँ ।’

छिमेकी राष्ट्रहरु विकासको तीव्रगतिमा अघि बढेको स्मरण गराउँदै उनले नेपालको विकास र समृतिका लागि वर्तमान सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लगातार चार घण्टाभन्दा बढी गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम राख्न सफल भएकोमा सम्मान गरिएको थियो ।

मन्त्री गुरुङले उक्त अवसरमा स्वर्गीय गुरुङका जेठा छोरा तथा विश्वविख्यात गीतारवाधक किशोर गुरुङद्वारा लिखित गुरुङ जातिको मौलिक परम्परागत ‘घाटु नृत्य’ नामक कृतिको विमोचनसमेत गरेका थिए ।

उक्त अवसरमा वरिष्ठ संगीतका स्व.गुरुङको सम्मानमा विभिन्न साङ्गितीक प्रस्तुतीसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस