प्रहरी कार्यालयको भवन निर्माणाका लागि जग्गादाता सम्मानित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रहरी कार्यालयको भवन निर्माणाका लागि जग्गादाता सम्मानित


१४ फाल्गुन २०७७, शुक्रबार


तनहुँ । भानुमुकाम डुम्रेस्थित इलाका प्रहरी कार्यालयको भवन निर्माणार्थ जग्गादान गर्ने बन्दीपुर–४ निवासी एक दम्पतीलाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँद्वारा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा जग्गादाता स्थानीय धु्रवलाल श्रेष्ठ पिया र विष्णुदेवी पियालाई सम्मान गरिएको हो ।

उीहरुलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य र प्रहरी उपरीक्षक अरुण पौडेलले सम्मान गरे । पिया दम्पतीले विसं ०५७ असार १९ गते सात आना जग्गा (करीब ७० लाख बराबर) को जग्गा दान गरेका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस