२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा न्याय मरेको छैन भन्ने पुष्टि भयो : नेता पाण्डे

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालमा न्याय नमरेको पुष्टि भएको बताएका छन्

नेकपा चितवनले आज यहाँ आयोजना गरेको विजय सभालाई सम्बोधन गर्दै उनले प्रतिगमनविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयले न्याय नमरेको पुष्टि भएको बताएका हुन् ।

‘सर्वोच्चको निर्णयले लोकतन्त्र र संविधान बचाउन सफल भएको छ’, उनले भने, ‘प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिको प्रयासले प्रतिगमन पराजित भएको छ ।’ सर्वोच्च अदालतले न्यायपूर्ण आन्दोलनलाई बचाएको छ, न्यायमूर्तिलाई सलाम छ, उनले भने ।

नेता पाण्डेले चितवनका जनता सधैँ न्यायको पक्षमा रहेको उल्लेख गर्दै हाम्रो चितवन, राम्रो चितवन, सभ्य चितवन भव्य चितवन बनाइने बताए । नेकपाको मूलधार अध्यक्षद्वय प्रचण्ड र नेपालले समातेको भन्दै उनले बाटो बिराएर गएकालाई घर फर्कनसमेत आग्रह गरे । उनले भने, ‘सर्वोच्चले मूलधार यही हो भनेर पुष्टि गरिसकेको छ । आउनु हामीसँगै जाउँ ।’ नेकपालाई एकजुट बनाएर लैजाने समय आएको उनको भनाइ छ ।

नेकपा वाग्मती प्रदेश अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले संवैधानिक सर्वोच्चतालाई स्थापित गरेको बताए । ‘सबै दलसँग सहकार्य गरेर अब देशलाई समृद्धितर्फ लैजानु पर्दछ’, उनले भने, ‘एतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी जनताले नेकपाको काँधमा सुम्पिएको छ ।’

नेकपा केन्द्रीय सदस्य एवं भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संविधानको रक्षाका लागि अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताए । कार्यक्रममा नेकपा चितवन इञ्चार्ज कृष्ण खनाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारलगायतले कार्यम्रमलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस